• २०८३ जेष्ठ ८ गते शुक्रवार

आजको मौसम पूर्वानुमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस