• २०८३ साउन २५ गते सोमवार

अस्ट्रेलियाको टप एन्ड सिरिजमा नेपाल ‘ए’ खेल्ने, को को छन् टिममा ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २५, काठमाडौँ । अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरिएको हो । टोलीमा अनिलकुमार साह, त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् । अस्ट्रेलियाको उत्तरी भूभाग क्रिकेटले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट २० देखि ३० सम्म डार्विनमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालले अगस्ट २१ मा उत्तरी भूभाग स्ट्राइकसँग पहिलो खेल खेल्नेछ । त्यसपछि अगस्ट २२ मा बंगलादेश, अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।

प्रतियोगितापछि नेपाल ‘ए’ टोलीले अस्ट्रेलियामै दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ टोलीसँग मैत्रीपूर्ण शृंखला खेल्ने क्यानले जनाएको छ ।

May be an image of text that says '7 Nepal TOP END AUSTRALIAS T20 NORTHERN TERRITORY STUDY NT KTEH Anil Kumar Sah(c) Trit Raj Das Mayan Yadav Kushal Bhurtel Pawan Sarraf Dipak Dumre Kushal Malla Lokesh Bam Rashid Khan Narayan Joshi Aakash Chand Shahab Alam Bipin Khatri Yuvraj Khatri Rijan Dhakal TO mo$ SPDETS CAN NEPAL A' 21 Aug 30 Aug Australia NAASA SECURITIES NEPAL'

Sharing

प्रतिक्रिया दिनुहोस