• २०८३ जेष्ठ २७ गते बुधवार

प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृतिको वेल धेराउ र नाराबाजी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७,  काठमाडौं ।   प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले वेल घेराउ गरेको छ । सभामुख डिपी अर्यालले संसदमा बोल्न नदिएको भन्दै श्रम संस्कृति पार्टीले नाराबाजी गर्दै वेल घेराउ गरेका हुन् ।

विपक्षी दलका काँग्रेस, एमाले, नेकपा र राप्रपालाई बोल्न दिए पनि सभामुखले श्रम संस्कृतिलाई बोल्न समय दिएका थिएनन् । श्रम संस्कृति पार्टीले सबै पार्टीलाई बोल्न दिँदा आफूलाई बोल्न नदिएर हेपेको र विभेद गरेको आरोप लगाउदै विरोध गरिरहेका छन् । विरोधकाबीच सभामुखले बैठकलाई अगाडी बढाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस