• २०८३ जेष्ठ २७ गते बुधवार

अब संसदमा प्रधानमन्त्रीलाई खोज्दैनौं- भिष्मराज आङदेम्बे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बे आफुहरुले अब संसदमा प्रधानमन्त्रीलाई नखोज्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले प्रधानमन्त्रीलाई संसद नचाहिएपनि प्रतिपक्षलाई संसद चाहिने भन्दै अब आफुले संसदमा प्रधानमन्त्री नखोज्ने बताएका हुन् ।

उनले भने- ‘म प्रधानमन्त्रीलाई संसदमा अब खोज्दिन, प्रधानमन्त्री कुनै दिन छापामार शैलीमा आएर उदण्डता मच्याईदिनु होला भन्ने डर छ ।’ उनले प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएकै हो भन्दै यसमा जति रफ्फु लगाएपनि सत्य यहि भएको बताए ।

उनले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिदा पनि सत्ता पक्षका सांसदले टेबुल ठोकेर समर्थन गरेको उल्लेख गर्दै त्यो घटना आफ्नो जीवनकै पीडादायक क्षण भएको बताएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस