• २०८३ जेष्ठ ६ गते बुधवार

नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

 

गौरीकुमारी यादव महोत्तरी- ४ बाट निर्वाचित हुन् भने रामजी यादव सप्तरी- २ बाट निर्वाचित सांसद हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति पौडेलले आजै उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस