• २०८३ बैशाख २१ गते सोमवार

संसदीय सुनुवाइ समिति गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । प्रतिनिधिसभातर्फको संसदीय सुनुवाइ समिति गठन भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डिपी अर्यालले प्रस्तुत गरेको संसदीय सुनुवाइ समिति गठनको प्रस्ताव स्वीकृत भएको हो ।

समिति सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देबे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, डा. लेखजंग कार्की र वर्षमान पुन रहेका छन् ।

समितिको सभापतिको निर्वाचन भने वैशाख ४ मा हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस