• २०८३ बैशाख ४ गते शुक्रवार

परराष्ट्रमन्त्री खनाल र भुटानका विदेश तथा बाह्य व्यापार मन्त्री धुङ्गेलबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका विदेश तथा बाह्य व्यापार मन्त्री डीएन धुङ्गेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार मौरिससको पोर्ट लुइसमा मन्त्री खनाल र भुटानका विदेशमन्त्री धुङ्गेलबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।

भेटमा नेपाल र भुटानबीचको घनिष्ठ सम्बन्धलाई पुनः पुष्टि गर्दै आपसी हितका प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनाल आज र भोलीसम्म मौरिससमा हुने इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन विहिबार त्यहाँ पुगेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस