• २०८३ बैशाख २१ गते सोमवार

मनाङ मर्स्याङ्दी विजयी  

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
फागुन २६, काठमाडौं । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको  खेलमा मनाङले चित्लाङविरुद्ध २–० को जित निकालेको हो ।
खेलको ४९औँ मिनेटमा शैरभ तामाङको गोलमा मनाङले खेलमा अग्रता लियो ।   त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुमित मल्लले गोल गर्दै मनाङलाई २–० को सहज जित दिलाए । यस प्रतियोगितामा मनाङको यो तेस्रो जित हो । लिगमा १० खेल खेलेको मनाङले १२ अङ्क जोडेको छ ।
यता चित्लाङको भने यो पाँचौँ हार हो । समान १०  खेलबाट चित्लाङको सात अङ्क छ ।

Sharing

प्रतिक्रिया दिनुहोस