• २०८३ बैशाख २६ गते शनिवार

खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । मंगलबार एन्फा र खेलाडीबीच सहमति भएपछि एन्फा कार्यालयको तालाबन्दी खोलिएको हो ।

नेपाल फुटबल खेलाडी संघले एन्फाले समयमा लिग नगरेको खेलाडीको बेवास्ता गरेको भन्दै एन्फा कार्यलयमा तालाबन्दी गरेका थिए । खेलाडी संघले ए डिभिजन लिग सञ्चालनको सुनिश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण र खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नुपर्ने जस्ता मागप्रति एन्फा सकारात्मक भएपछि सहमति भएको जानकारी दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस