• २०८३ जेष्ठ ३ गते आइतवार

सुनको मुल्य बढ्दा चाँदीको घट्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको ९ सय बढेर तोलाको ३ लाख ५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ४ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ५२४० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५२५० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस