• २०८३ असोज २३ गते शुक्रवार

कांग्रेस महाधिवेशन : कुन प्रदेशमा कति मत खस्याे ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज भइरहेको मतदान प्रक्रियामा उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन समितिका अनुसार अपराह्न ५:३० बजेसम्म ५ हजार ६३३ मत खसेको छ। नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा कुल ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी छन्।

यसपटक नेपाली कांग्रेसको नयाँ सभापति पदका लागि युवा नेता गगन थापा र श्यामकृष्ण खड्गीबिच प्रतिस्पर्धा भइरहेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण र निर्बाध रूपमा अघि बढिरहेको छ। मतदाताहरूको उपस्थिति र चापलाई मध्यनजर गर्दै मतदान सम्पन्न भएपछि आजै मतगणना प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ।

प्रदेशगत मतदानको विवरण:

बागमती प्रदेश: १,२२५ मत

सुदूरपश्चिम र कर्णाली प्रदेश (संयुक्त): ९८२ मत

कोशी प्रदेश: ९४३ मत

मधेस प्रदेश: ९०० मत

लुम्बिनी प्रदेश: ८६० मत

गण्डकी प्रदेश: ७२३ मत

Sharing

प्रतिक्रिया दिनुहोस