पौष, २८ काठमाडौँ । युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने शिवानन्द स्वामी बाबाबाट चिनिने दिपक भण्डारी पक्राउ परेका छन् ।
आज महानगरीय अपराध महाशाखाको टोलीले विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँबाट पक्राउ गरेको हो । शिवानन्द स्वामी बाबा टौदहमा आश्रम निर्माण गरेर बस्दै आएका थिए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।