असोज २३, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ । महाधिवेशनस्थल खुल्लामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ ।

कांग्रेस महाधिवेशनका लागि खुलेको मिडिया सेन्टरका अनुसार शुक्रबार बिहान साढे १० बजेसम्म १२९३े मत खसेको छ । दुई घन्टामा मधेश प्रदेशबाहेक ६ प्रदेशमा बसेको मत हो यो । मधेश प्रदेशको भने विवरण आइसकेको छैन ।
कुन प्रदेशमा कति खस्यो ?
कोशी २२२
सुदूरपश्चिम र कर्णाली २५७
लुम्बिनी २०२
गण्डकी १८८
बागमती २१७