चैत २६, मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा अब्यवस्थित ढंगमा रहेका पाईपहरु एक हप्ता भित्र पाईप लाईन ब्यवस्थापन गर्न नगरपालिकाले कडा चेतावनी दिएको छ । कार्यबहाक नगर प्रमुख ऐश्वर्या मल्ल द्धारा हस्ताक्षरित एक सुचना जारी गर्दे गमगढी बजारलाई खानेपानीको उपभोग गर्दे आएको गमगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई एक हप्ता भित्र खानेपानीका पाईप ब्यवस्थापन गर्न अल्टिमेटम दिइएको हो ।

कार्यबहाक नगर प्रमुख ऐश्वर्या मल्लको भनाई लाई उदृत गर्दे चिठिमा लेखिएको छ , कि गमगढी बजारमा जथाभावि पानीका पाईपहरु फिजिएको र जथाभावि पानी चुहिएर बजार अब्यवस्थित भई सवारी साधन र पैदल यात्रीहरु लाई आवतजावत गर्न सास्ती भएकोले अविलम्व पाईप ब्यवस्थापन गर्न जानकारी गराईएको चिठिमा भनिएको छ । यदि एक हप्ता भित्र पाईप लाईनहरु ब्यवस्थापन नभएको खण्डमा नगरपालिका बाध्य भएर पाईप लाईनहरु काटिने मल्लले चेतावनी दिनु भएको छ । पछिल्लो समय गमगढी बजारमा जथाभावि पाइप एत्रतत्र छरिदा नागरिक लाई समस्या हुनुका साथै पानी फलफुलका बस्तुहरु सडकमा फ्ँयाकिदा दुर्घटनाको जोखिम पनि बढेको पाईन्छ ।
उक्त सुचनामा जिल्ला प्रशासन कार्यालय मुगु र जिल्ला प्रहरी कार्यालय मुगुलाई बोधार्थ गरिएको छ । बजारका मुख्य सडकहरुमा बढ्दै गएको फोेहोर , ढलमा आज विहान नेपाल प्रहरी , शसस्त्र प्रहरी बल तथा नगर प्रहरी लगायत अन्यले सरसफाई गरेका छन् । यता गमगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गोर्ख बहादुर मल्लका अनुसार बजारमा खानेपानी उपभोक्ता समितिको मात्र नभएर नगरपालिका सञ्चालन गरेका सार्वजानिक धाराका पाईपलाईन पनि रहेका छन् । यसमा नगरपालिकाले पनि आफ्नो धाराका पाईपहरु पनि ब्यवस्थापन गर्नुपर्छ साथै नगरपालिकाले बजेट व्यवस्थापन गरेर पाईपहरु ब्यवस्थापन गर्नु पर्छ उनले भने ।