• २०८३ जेष्ठ १६ गते शनिवार

काठमाडौँमा बढ्दो वायु प्रदूषण नियन्त्रणमा सहयोग गर्न महानगरको अपिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौं । काठमाडौँ महानगरपालिकाले राजधानीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्ने असर कम गर्न सबै नगरवासीको सहयोग आवश्यक रहेको जनाएको छ ।

महानगरपालिकाले सवारीसाधनको नियमित मर्मत गर्न र तोकिएको प्रदूषण मापदण्डभित्रका सवारी मात्र प्रयोग गर्न आग्रह गरेको छ । साथै प्लास्टिक तथा अन्य फोहर नजलाउन र निर्माण सामग्री सडक तथा फुटपाथमा थुपारेर राख्न नदिन पनि अनुरोध गरेको छ ।

त्यस्तै निर्माण सामग्री ढुवानी, लोड-अनलोड गर्दा धुलो र धुँवा कम निस्कने उपाय अपनाउन महानगरले सुझाव दिएको छ । साथै उद्योग, कलकारखाना र अस्पतालहरूले पनि काठमाडौँ महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड २०८१ अनुसार तोकिएको वायु गुणस्तर र धुँवा सम्बन्धी नियमभित्र रहेर मात्र सञ्चालन गर्नुपर्ने बताइएको छ ।

महानगरले उद्योगहरूमा वायु प्रदूषण कम गर्ने उपकरण प्रयोग गर्न तथा नागरिकलाई व्यक्तिगत सुरक्षाका लागि बाहिर हिँड्दा मास्क प्रयोग गर्न समेत आग्रह गरेको छ ।

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स विश्वकै दोस्रो धेरै १८६ रहेको छ, जुन चिन्ताजनक अवस्था हो ।

Sharing

प्रतिक्रिया दिनुहोस