• २०८३ बैशाख ७ गते सोमवार

भलेन्सियामाथि रियल म्याड्रिडको सहज जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा अल्भारो कारेरास र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २३ खेलमा ५७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा एक अंक पछि रहेको छ । त्यस्तै भलेन्सियाको २३ खेलमा २३ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस