• २०८३ मङ्सिर ९ गते मङ्गलवार

निर्वाचनको कार्य प्रगति बारे प्रधानमन्त्री कार्कीको आयोगका पदाधिकारीसँग छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन् । बालुवाटारमा भएको छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो।

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो।

Sharing

प्रतिक्रिया दिनुहोस