• २०८३ असोज २२ गते बिहिवार

धनगढी उपमहानगरपालिकाको कांग्रेस नगर कार्यसमिति चयन, गजेन्द्र शाही सभापतिमा निर्वाचित

लोकराज जोशी पढ्न लाग्ने समय : २ मिनेट

असोज २२, धनगढी । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत सम्पन्न धनगढी उपमहानगरपालिकाको १५औँ अधिवेशनबाट नयाँ नगर कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनबाट गजेन्द्र शाही सभापतिमा निर्वाचित भएका छन्। अधिवेशनबाट जानकी रोकाय र जनक बहादुर भण्डारी उपसभापतिमा निर्वाचित भएका छन्। त्यस्तै उत्तम अवस्थी र विष्णु जोशी सचिवमा तथा लालमती राना र विनोद बोहरा सह–सचिवमा निर्वाचित भएका छन्।

नगर कार्यसमितिमा विभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली यसप्रकार रहेको छ :

निर्वाचित नगर कार्यसमिति
१. गजेन्द्र शाही — सभापति
२. जानकी रोकाय — उपसभापति
३. जनक बहादुर भण्डारी — उपसभापति
४. उत्तम अवस्थी — सचिव
५. विष्णु जोशी — सचिव
६. लालमती राना — सह–सचिव
७. विनोद बोहरा — सह–सचिव

सदस्यहरू
८. ईश्वरी पन्त रेमी — सदस्य
९. रमेश कुमार चन्द — सदस्य
१०. साविना बानो — सदस्य
११. सूर्यबहादुर सिंह — सदस्य
१२. भीकारी ठेली — सदस्य
१३. प्रताप भण्डारी — सदस्य
१४. शान्ति ओझा — सदस्य
१५. लालबहादुर बोहरा — सदस्य
१६. राजकुमार राना — सदस्य
१७. हरी नारायण राना — सदस्य
१८. कैलाश आड्जी — सदस्य
१९. सीता चौधरी — सदस्य
२०. कमला ओली भाट — सदस्य
२१. सोहन कुमार सिन्हा — सदस्य
२२. राज भण्डारी — सदस्य
२३. दर्शना पाण्डेय — सदस्य
२४. उषा भट्ट — सदस्य
२५. मोतीराज पनेरु — सदस्य
२६. इन्द्र बोहरा — सदस्य
२७. लोकराज उप्रेती — सदस्य
२८. भीखलु राना — सदस्य
२९. अर्जुन सिंह महतो — सदस्य
३०. कमला तिवारी — सदस्य
३१. दिनेश वि.क. — सदस्य
३२. ममता कुमारी थापा — सदस्य
३३. वासुदेव वि.क. — सदस्य

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत भएको धनगढी उपमहानगरपालिकाको नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै अब नगर समितिले पार्टीको संगठन विस्तार, स्थानीय तहमा पार्टी गतिविधि सञ्चालन तथा आगामी राजनीतिक गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित सभापति, पदाधिकारी तथा सदस्यहरूले पार्टीलाई थप सुदृढ, व्यवस्थित र सक्रिय बनाउँदै कार्यकर्ताबीचको समन्वयलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनले धनगढी उपमहानगरपालिकाभित्र कांग्रेसको संगठनलाई थप मजबुत बनाउने तथा स्थानीयस्तरका जनसरोकारका विषयलाई पार्टीको प्राथमिकतामा राखेर अघि बढ्ने आधारसमेत तयार गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस