• २०८३ असोज २२ गते बिहिवार

जुम्ला जिल्लामा सार्वजनिक बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, मुगु । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जुम्लाको प्रशिदृ धामिक स्थलचन्दननाथ मन्दिरको ‘लिङ्गो बोक्ने मेला अथात असोज कृष्ण त्रयोदशी’को अवसरमा जुम्ला जिल्ला भरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिइने भएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशद्वारा जारी सूचना अनुसार प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२÷१२÷२४ को निर्णय अनुसार सो बिदा दिइएको दिने गरेको थियो ।

प्रदेश सचिव लक्ष्मी कुमार वि.क.द्वारा हस्ता क्षेर उक्त सूचनामा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरिएको उल्लेख गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस