• २०८३ भाद्र २३ गते मङ्गलवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८७२ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८७२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६८, सिसिटिभिमार्फत ५७, रातोबत्तीमा ४० जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११६, हर्न निषेधमा २४, लेन क्रसमा ११, अवस्था ठिक नभएको २५, एकतर्फीमा ७ र अन्यमा ५२४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५२३ गते बिहान ६:०० बजे सम्म सिसिटिमी मा.प.से. ६८ RED लाईट ५७ ل तिর गति ११६ हर्म २४ लेन अवस्था ठिक नमएको ONE WAY ११ २५ अन्य ५२४ २४ घण्टे कारवाही संख्या ८७२ CONTACT Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu 103 (Emergency) vtpo@nepalpolice.gov.np gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस