असार २४, काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वैज्ञानिकहरूलाई कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा अवसर प्रदान गरिने बताएकी छन् ।

नेपाल कृषि अनुसन्धान परिषद्का नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अघि बढाउने तयारी भइरहेको जानकारी दिइन् । उनले आधुनिक प्रविधिको प्रयोग र अनुसन्धानमा परिषद्ले अग्रणी भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै वैज्ञानिकहरूको सक्रियताले देशको कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिन् । उनले नेतृत्व चयनमा अब केवल वरिष्ठतालाई मात्र आधार नबनाइने स्पष्ट पारिन् ।
‘सरकारले नेतृत्वको जिम्मेवारी प्रदान गर्दा केवल वरिष्ठतालाई मात्र आधार मानेको छैन । अब उच्च वरीयताको आधारमा मात्र नेतृत्व चयन हुने अवस्था रहने छैन । कार्यसम्पादन, सुशासन कायम गर्ने क्षमता र नेतृत्व गर्ने दक्षताकै आधारमा जिम्मेवारी दिइनेछ,’ उनले भनिन् ।
मन्त्री चौधरीले इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्ने वैज्ञानिकहरूले मात्र परिषद्को नेतृत्व गर्ने अवसर पाउने बताउँदै यसमा कुनै दुविधा नरहेको उल्लेख गरिन् ।
उनले विगत केही वर्षदेखि परिषद् आन्तरिक जटिलता र संरचनागत समस्याका कारण अस्तित्वकै परीक्षा सामना गर्न बाध्य भएको पनि बताइन् ।
उनले भनिन्, ‘विगतका केही वर्षदेखि हामीले परिषद्भित्र आन्तरिक जटिलता, संरचनागत समस्याका कारण आफ्नो अस्तित्वको परिक्षाको घडिमा गुज्रिसकेको छ । मन्त्रालयले यसलाई उच्च मह