• २०८३ जेष्ठ २५ गते सोमवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १३४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४७ जना, कोशी प्रदेशमा ३८ जना घाइते भएका छन् भने काठमाडौँमा २८ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा एक जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ५ जना घाइते भएका छन् भने कर्णालीमा १० जना, बागमतीमा एक जना र लुम्बिनीमा ५ जना घाइते भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस