जेठ २५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा प्रमुख दलका शिर्ष नेता नजाने भएका हुन् । सर्बदलीय बैठक संसदमा प्रतिनिधित्व गर्ने दलका सभापतिसहित दुई जनालाई सहभागी हुन निमन्त्रणा गरिएकोमा दलहरुका शिर्ष नेता नजाने भएका हुन् । नेपाली काँग्रेसका सभापति गगन थापा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायत अनुपस्थित हुने भएका छन् ।

काँग्रेसबाट सभापति थापाको सट्टा संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सहभागिता जनाउने बताइएको छ । त्यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड समेत बैठकमा सहभागी नहुने बुझिएको छ । एमालेको तर्फबाट प्रमुख सचेतक ऐन महर सहभागी हुदैछन् ।
नेकपा संयोजक प्रचण्ड भने अस्वस्थ भएका कारण बैठकमा सहभागी नहुने भएको उनको सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अस्वस्थ भएपछि सहसंयोजक माधव नेपाल र नेता बर्षामान पुन बैठकमा सहभागी हुने बताइएको छ । त्यस्तै श्रम संस्कृति पार्टीले भने सहभागिता नजनाउने बताइएको छ ।
बैठक केहीबेरमा सिंहदरबारमा शुरु हुदैछ ।