फागुन २४, मुगु। हिमाली जिल्ला मुगुका महिलाहरुले देउडा गित मार्फत आफ्ना बेदना पोख्दै ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।“सबै महिला तथा बालबालिकाका लागि अधिकार, न्याय र कार्य सहितको अवसर“ भन्ने मुल नारा सहित आज मुगुमा ११६ औ अन्तराष्टिय महिला दिवस मनाएको हो ।

एक महिलाले भोगेका अनुभव अर्को महिलाका लागि प्रेरणा र सिकाइ बन्न सक्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । सहास नेपाल मुगु, आई.एन.एफ मुगु सिडिएसपार्क मुगुको सयुक्त आयोजना र छायानाथ रारा नगरपालीका, क्याक्मा मुगुको समन्वयमा छायानाथ रारा नगरपालीकाको वडा नं १३ र १४ मा विभित कार्यक्रमको आयोजना गरेर ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस सफलता पुर्वक मनाईएको सहास नेपाल मुगुका कार्यक्रम संयोजक सुरेश अवस्थिले बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय महिला दिवस एक फरक ढंगबाट मनाईएको छ । दुर्गमका महिलाहरु अहिले पनि विभिन्न खालका हिंसा भोग्न र अधिकारहरु बाट बञ्चित रहेकि छन् । यस्ता समस्याहरु लाई मलम लगाउन देउडा गित मार्फत बह पोख्दै दिवस मनाईएको बताए । अवस्थीका अनुसार सबै देउडा टिमलाई दोसल्ला पुरस्कार दिएर सम्मान गरिएको थियो । कार्यक्रममा महिलाको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रम वडा नं १३ का दलित महिला सदस्य हिरामति कामिको सभाध्यक्षमा भएको थियो ।


