जेठ २४, काठमाडौं । नेपालले आज सिंगापुरमा जारी एशियन गेम्सका क्रिकेटतर्फको छनौट प्रतियोगिताको सेमिफाइनलमा ओमानको सामना गर्दैछ । यस खेलमा ओमानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।

त्यस्तै आज दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया खेल्दैछन् । नेपाल र मलेसिया समुह ए बाट र हङकङ र ओमान समुह बी बाट समुह विजेता र उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् । यी चारै देश जापानमा हुने एशियन गेम्समा छनौट भएका छन् ।
एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।