फागुन २३, मुगु। निर्वाचन भएको डेढ दिन पछि हिमाली जिल्ला मुगुमा मतगणना सुरु भएको छ । आज दिउसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्बदलिय बैठकमा गोला पर्था मार्फत अहिले ४ बजेबाट मतगणना कार्य शुभारम्भ गर्ने मुख्य निर्वाचन अधिकृत तथा माननीय जिल्ला न्यायधिस मीन बहादुर कुँवरले बताए ।

उनका अनुसार आज बसेको सर्बदलिय बैठकमा ४ बजे देखि मतगणना कार्य सुरु गर्ने निर्णय भएको बताए । गोलाप्रर्था गरेर पहिलो मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं १ बाट मतगणना कार्य सुरु गरिने उनको भनाई छ । भौगोलिक बिकटताले टाढा रहेको मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका डोल्फु, मुगुका मतदान केन्द्रका मतपेटिका आउन बाँकि रहेको थियो ।
आज १ बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि सर्बदलिय बैठक बसि आज नै ४ बजेका लागि मतगणना गर्ने भएको बताए । उनका अनुसार पहिलो मुगुम कार्मारोङ्ग गाउँपालिका बाट सुरु भएपछि दोश्रो छायानाथ रारा नगरपालिका , तेश्रो खत्याड गाउँपालिका र चौथौमा सोरु गाउँपालिका बाट मतगणना गर्ने उनको भनाई छ ।
मुगुमा एक अस्थाई सहित ६९ वटा मतदान केन्द्र रहेका छन् । मुगुमा ३६ हजार ३१ मतदाता रहेका छन जसमध्ये २२ हजार ३ सय ५२ अथार्त ६० दशमलब ९८ प्रतिशत मत खसेको थियो ।