• २०८३ असार १ गते सोमवार

काठमाडौंको शंखरापुरमा बस दुर्घटना, ३० भन्दा बढी घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २३, काठमाडौँ ।  काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित सडकमा बस दुर्घटना भएको छ । बुधबार साँझ पिकनिक खाएर साँखुतर्फ फर्कंदै गर्दा बस सडकबाट तल खसेर दुर्घटना भएको हो ।

प्रहरी र स्थानीयवासीका अनुसार बस सडकबाट करिब १०० मिटर तल खसेको र दुर्घटनामा परेकाको उद्धार गरेर अस्पताल पुर्याइएको छ ।

बा ४ ख ८७८८ नम्बरको बसमा करिब ४० यात्रु रहेको बताइएको छ । प्रहरीले कम्तिमा ३० जना घाइते भएको र केहि अवस्था गम्भीर रहेको बताएको छ ।

उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल र पिपुल्स लाइफ केयर लगायतका अस्पतालमा पुर्‍याइएको छ । दुर्घटनाको कारण र थप विवरण आउन बाँकी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस