• २०८३ भाद्र २१ गते आइतवार

जाजरकोटका १८८ भूकम्प प्रभावितलाई पहिलो किस्ता पठाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१ , काठमाडौं । जाजरकोटका भूकम्प प्रभावित १८८ लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्ता पठाइएको छ । आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो ।

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदानसम्बन्धी दोस्रो संशोधित कार्यविधि, २०८३ अनुसार आवास पुनर्निर्माण सम्झौता भएपछि अनुदान रकम लाभग्राहीको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

पहिलो किस्ता प्राप्त गरेपछि लाभग्राहीले आवास निर्माण गरी जगको तहसम्मको काम सम्पन्न गर्नुपर्नेछ । त्यसपछि प्राविधिक जाँच तथा निर्माण सम्पन्न भएको प्रतिवेदनका आधारमा दोस्रो किस्ताको रकम उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस