• २०८३ असोज २३ गते शुक्रवार

एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ।

नेपालले प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ। पहिलो खेलमा बहराइनलाई ७ विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको नेपाल आत्मविश्वासका साथ मैदान उत्रिँदैछ। साउदी अरेबियाले भने यसअघि खेलेका तीनमध्ये एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ। नेपालले साउदी अरेबियासँगको खेलपछि सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्नेछ। प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली पठाएको छ। टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोराको सहभागिता रहेको छ।

नेपालको लक्ष्य आजको खेल जित्दै प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने र एसिया कप छनोटको सम्भावना थप बलियो बनाउने हुनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस