• २०८३ बैशाख २३ गते बुधवार

स्वास्थ्यमन्त्री र बेलायती राजदूतबीच शिष्टाचार भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौं ।  स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् ।

मन्त्री मेहताले वर्तमान सरकारले अघि सारेको सय बुँदे शासकीय सुधार कार्य योजनाको मार्गचित्रमार्फत सुशासन, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उल्लेख गरिन् । मन्त्री मेहताले खोप तथा प्रतिरक्षणका लागि विश्वव्यापी गठबन्धन, एड्स, क्षयरोग तथा मलेरियाविरुद्धको विश्व कोष र प्रतिजैविक प्रतिरोधविरुद्धको कार्यक्रम जस्ता बहुपक्षीय कार्यक्रममार्फत प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बेलायतसँगको साझेदारी अझ सशक्त र जनमुखी हुने विश्वास समेत व्यक्त गरिन्।

भेटका क्रममा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस