वैशाख २३, पोखरा । फेवातालमा अचानक आएको हावाहुरी र छालको कारणले कायक बोट पल्टिएर अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बुधबार तनहुँको भिमाद नगरपालिका घर भइ हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ वर्षिय सुबिन ठकुरीले चलाएको एकल कायक बोट पल्टिएको थियो ।
फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।