• २०८३ मङ्सिर १४ गते आइतवार

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

असार १५, काठमाडौं ।  प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । विधेयक पारित हुनु अघि सांसदहरूले छलफलमा भाग लिएका थिए । यस्तै सांसद प्रभु शाहले विधेयकप्रति आपत्ति जनाउँदै रोष्ट्रममै च्यातिदिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस