• २०८३ बैशाख २३ गते बुधवार

सुन तोलाको ५८ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ५८ सयले बढेर तोलाको २ लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७५ रुपैयाँले बढेर ५०५५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस