• २०८३ बैशाख २७ गते आइतवार

मनास्लु आधार शिविरमा हिमपहिरो, एक दर्जन पर्यटक हराएको अनुमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०,काठमाडौं । मनास्लु हिमालमा सोमवार बिहान हिउँपहिरो गएको छ । चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिउँपहिरो जाँदा एक दर्जन पर्यटक हराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आरोहणको सिजन भएकोले आधार शिविरमा करिब ५ सय जना आरोही तथा सहयोगी पुगेका थिए । यद्यपि मानवीय क्षति पुष्टि भैसकेको छैन । खोजी र उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर आधार शिविरमा पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस