• २०८३ बैशाख १८ गते शुक्रवार

चलचित्रमा काली–कर्णाली विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २३, काठमाडौं । एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्ड को सहकार्यमा “चलचित्रमा काली–कर्णाली” विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई दुई चरणमा विभाजन गरी प्यानल डिस्कसन सञ्चालन गरिएको थियो।

पहिलो चरणमा मोहन निरौला, जनक दीप पराजुली, लक्ष्मण सुनार र देवेन्द्र बजगाई सहभागी हुनुहुन्थ्यो। उक्त सत्रको सहजीकरण पत्रकार लक्ष्मी बलायरले गर्नुभएको थियो। यस चरणमा कर्णाली क्षेत्रमा चलचित्र छायांकनका लागि आवश्यक लगानी, स्थानीय भाषा, भेषभूषा तथा सांस्कृतिक पक्षबारे विस्तृत छलफल गरिएको थियो।

दोस्रो चरणको प्यानल डिस्कसनमा चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डि.सी., सांसदहरु ज्ञानेन्द्र शाही, ऐन महर, बसना थापा तथा अभिनेता दीपकराज गिरी सहभागी हुनुहुन्थ्यो। उक्त सत्रको सहजीकरण डि.बी. खड्का ले गर्नुभएको थियो। यस चरणमा चलचित्रसम्बन्धी नीतिगत विषय, प्रस्तावित विधेयक, साथै काली–कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य, भाषिक तथा सांस्कृतिक विविधता र छायांकनका सम्भावनाबारे गहन बहस गरिएको थियो।

कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले नेपाली चलचित्र क्षेत्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्भावना, सहभागिता तथा त्यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुहरूमाथि आफ्ना अनुभव र धारणा व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, नरेन्द्र महर्जन, समीर बलामी, जनक बहादुर कार्की, चलचित्र निर्देशक देव नेपाल, राजबहादुर साने, सुशील पोखरेल, कर्णाली चलचित्र महोत्सवका अध्यक्ष तथा चलचित्रकर्मी चक्रबहादुर चन्दलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।

यसैगरी कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य बिरेन्द्र भट्ट, सन्तोषबाबु लोहोनी, गोपालकाजी कायस्थ, वरिष्ठ कलाकार उत्तम के.सी., उपेन्द्र तिमल्सिना, गीता अधिकारी, गोपाल ढकाल “छन्दे”, गीता नेपाल, धर्मेन्द्र आचार्य, राज टाइगर, इन्द बहादुर दोङ “खम्बे”, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाई, भीम बिसी, गायिका इब्सल सन्ज्याल लगायत सुदूरपश्चिम र कर्णाली क्षेत्रका कलाकार, सर्जक तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व निर्देशक माधव राज खरेलले गर्नुभएको थियो। कार्यक्रमको संयोजन एभरेष्ट ग्यालरीका प्रबन्ध निर्देशक तथा कलाकार सनम कठायत ले गर्नुभएको थियो भने सञ्चालन सेसेमी लिम्बुले गर्नुभएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस