• २०८३ भाद्र २० गते शनिवार

कांग्रेस संसदीय दलको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरवारमा बस्ने भएको हो । बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ।

काँग्रेसले प्रतिनिधिसभामा अहिलेसम्म संसदीय दलको नेता चयन गरेको छैन । कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निस्कल राईलगायतको नाम चर्चामा छ ।

काँग्रेसमा विशेष महाधिवेशन पक्ष र देउवा पक्षबीचको विवादको असर संसदीय दलको नेता चयनमा पर्ने देखिएको छ । प्रतिनिधि सभामा काँग्रेसबाट प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कुल ३८ सांसद रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस