बैशाख २८, कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा धनगढी ३ कैलालीका ६२ वर्षीय महिला, दोधारा चाँदनी ७ कञ्चनपुरका ३३ वर्षीय पुरुष, धनगढी ३ कैलाली ८७ वर्षीय महिला, धनगढी १० का ३७ वर्षीय पुरुष, धनगढी १८ का ४२ वर्षीय पुरुष र बर्दगोरिया ४ कैलालीका ५२ वर्षीय पुरुष रहेका छन ।
सेती प्रादेशिक अस्पतालको भेन्टीलेटरमा ५ ,आईसियुमा १३, अक्सिजन सपोर्टमा ३६, सामान्य ५ जना बिरामी रहेका छन ।