पुष २२, सिरहा । सिरहाको कर्जन्हामा बालिकालाई करणी गरि हत्या गरेका धनुषाका ४५ बर्षिय राम बालक चौधरी पक्राउ परेका छन् । मङ्सिर २२ गते सिरहाको कर्जन्हा नगरपालिका-२ स्कुल टोलस्थित कमला सिंचाई नहरको उत्तर झाडीमा कर्जन्हा-१ बाल्टिया बस्ने १७ बर्षिय बालिकाको मृत शरीर फेला परेको थियो ।

सो घटनाको नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर, जिल्ला प्रहरी कार्यालय, सिरहा, इलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहा र इलाका प्रहरी कार्यालय, बन्दिपुर, सिरहाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले सूक्ष्म अनुसन्धान पश्चात सो घटनामा संलग्न धनुषा छिरेश्वरनाथ-३ बटैया टोल बस्ने राम बालक चौधरीलाई सोमबार पक्राउ गरी आवश्यक थप अनुसन्धान कार्य इलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाबाट भइरहेको प्रहरीले जनाएको छ ।