• २०८३ जेष्ठ ६ गते बुधवार

गैँडाको आक्रमणबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २२,  चितवन  ।  चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस