• २०८३ मङ्सिर १ गते सोमवार

एनभिएलमा काठमाडौँ रेड्सको रोमाञ्चक जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, काठमाडौं । काठमाडौंमा जारी नेपाल भलिबल लिग (एनभिएल) अन्तर्गत काठमाडौँ रेड्सले मधेस वारियर्सलाई ३–२ को सेटमा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा काठमाडौँले पहिलो सेट २०–२५ ले गुमाएको थियो। तर दोस्रो सेट २६–२४ ले जित्दै काठमाडौँले खेलमा पुनरागमन गर्‍यो।

काठमाडौँले तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारे पनि चौथो सेट २२–२५ ले मधेसलाई सुम्पिएपछि खेल निर्णायक पाँचौँ सेटमा पुगेको थियो। पाँचौँ सेटमा काठमाडौँले १६–१४ को संघर्षपूर्ण जित निकाल्दै रोमाञ्चक रूपमा खेल आफ्नो पक्षमा पार्‍यो।

केडिया ग्रुपको आयोजनामा भइरहेको लिगमा ६ टोली सहभागी छन्। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

भदौ २७ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने लिगमा ६ टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा प्रतिस्पर्धा गर्नेछन्।

लिगको शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

Sharing

प्रतिक्रिया दिनुहोस