• २०८३ भाद्र २१ गते आइतवार

त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, काठमाडौं ।  भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले केहीबेरअघि टनेलभित्रबाट ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएका व्यक्तिलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकतर्फ ल्याइँदैछ । भोटेकोशी बाढी गएको ११ औँ दिनमा टनेलभित्र फसेका चिनियाँ नागरिकको उद्धार गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस