• २०८३ साउन २० गते बुधवार

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४२ सयले बढेर तोलाको २ लाख ८८ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४४७५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४३८० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस