• २०८३ बैशाख ८ गते मङ्गलवार

यस्तो छ आजको मौसम पूर्वानुमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली भू-भागमा साधारणतया बदल लागेको छ र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । त्यस्तै तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ भने देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ भने देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस