भदौ १९, डोटी । डोटी उद्योग वाणिज्य संघको २२औँ वार्षिक साधारण सभा तथा अधिवेशन आगामी २०८३ भदौ २५ गते आयोजना हुने भएको छ। संघका सचिव लाल कटायत (हेमन्त)का अनुसार साधारण सभा तथा अधिवेशन भदौ २५ गते बिहान ९ बजे होटल एभरेस्ट साइड, दिपायलमा हुने भएको हो।

संघले साधारण सभा तथा अधिवेशनमा उद्योगी, व्यवसायी तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको गरिमामय उपस्थितिका लागि आग्रह गरेको छ। अधिवेशनमार्फत संघको आगामी कार्यदिशा, उद्योग–व्यवसाय क्षेत्रका समस्या तथा सम्भावना र संस्थागत गतिविधिका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
संघ परिवारले सम्पूर्ण सम्बन्धित उद्योगी तथा व्यवसायीलाई निर्धारित मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ।