• २०८३ भाद्र १९ गते शुक्रवार

साउथ अस्ट्रेलियासँग नेपाल ए पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, काठमाडौं ।  साउथ अस्ट्रेलियाले नेपाल ए लाई १३८ रनले पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा साउथ अस्ट्रेलियाए दिएको २०६० रनको लक्ष्य पछाएको नेपाल ए ले २२.१ ओभरमा अल आउट हुदै १२१ रन मात्र बनाएको थियो ।

यसअघि एकदिवसीय सिरिजको दोस्रो खेल खेलिरहेको नेपाल ए ले २६० रनको लक्ष्य पाएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको साउथ अस्टेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २५९ रन बनाएको थियो ।

एकदिवसीय सिरिजमा नेपाल ए को यो लगातार दोस्रो हार हो । पहिलो खेलमा तासमानियासँग पराजित भएको थियो । अब नेपाल ए ले सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस