• २०८३ साउन १९ गते मङ्गलवार

बाजुरामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९ , बाजुरा । बाजुराको बडिमालिका नगरपालिका –०७ धम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना बिरामी भएका छन् । विषालु जंगली च्याउ खाएका स्थानीय ५१ वर्षीय रामे थापा र उनको करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा बिरामी परेका थिए । उनीहरूलाई राति १०:२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो ।

अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका हुन् । गम्भीर बिरामी रहेकी नाम्सरी थापाको सोही अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस