वास्तवमा आज नेपालमा निश्वार्थ भावनाबाट समाजमा योगदान दिने युवाहरु विरलै पाइन्छन् । प्रायः युवावर्गहरु अध्ययनको सिलसिलामा विदेश पलायन भएका छन् भने नेपालमा रहेका केही युवावर्गहरु मात्र यस्ता सोचका छन् जसले निश्वार्थ रुपमा समाज सेवाको भावमा जुट्न तत्परता देखाउँछन् । जो आफ्नाे ब्यक्तिगत र पारिवारिक स्वार्थभन्दा पनि सामाजिक स्वार्थले ओतप्रोत भएका हुन्छन् । जसले राष्ट्र र समाजको लागि दिनरात नभनी ब्यक्तिगत लाभ भन्दा पनि बढी सामाजिक कामको लागि समय दिएका हुन्छन् ।

त्यस्ता समाजसेवी युवाहरुमध्येमा एक ब्यवसायी युवा हुन् लमजुङ दुधपोखरी गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौमा वसोवास गदै आइरहेका युवा सुरेश गिरी जो हाल नेपाल दशनामी समाजका केन्द्रिय सदस्य पनि छन् जसले नेपाल दशनामी समाजको युवा संघको नेतृत्व पनि गरे र समाजमा भएका अन्याय विरुद्धका आवाज बुलन्द गर्ने जुझारु युवा ब्यक्तिको रुपमा पनि चिनिन्छन् । उनको जीवनको अर्को महत्वपूर्ण पाटो भनेको अन्याय र अत्याचारविरुद्धको दृढ अडान नै हो । उनले कहिल्यै पनि गलत, असमान र विभेदपूर्ण घटनालाई मौन समर्थन गरेनन् । चाहे त्यो राजनीतिक या सामाजिकस्तरमा होस् । गिरी सँधै आवाज उठाउने पहिलो ब्यक्ति बन्दथे । यही कारणले उनलाई जुझारु युवा नेताको संज्ञा दिइएको हो ।
उनी वाल्यकालदेखि नै जुझारु स्वभावका थिए । गाउँमा कोही अन्यायमा परेको समयमा पनि न्यायका आवाज अगाडि सार्न पछि हट्दैनथे । पछि बामपन्थी आन्दोलनमा पनि सक्रिय रुपमा भाग लिए र बामपन्थी दलमा झुकाव राख्न रुचाउने सुरेसले पछिल्ला दिनहरुमा विभिन्न कम्युनिष्ट पार्टीहरु मिलेर बनेको नेकपामा आवद्ध पनि भए र त्यहाँ पनि राजनीतिक रुपमा अगाडि बढ्दै जाँदा विभिन्न गुट तथा उपगुटको राजनीतिक दाउपेचमा रमाउन पर्ने बाध्यात्मक परिस्थिति उनलाई मन परेन र उनका आवाज प्रायः निश्पक्षतामा अडिग भई समाजसेवामा लगाव राख्ने खालको भएकोले पनि होला प्रायः बामपन्थी दलहरुमा कार्यकर्ता घोडाको लगाम बन्नुपर्ने बाधयताले गर्दा उनी अहिले स्वतन्त्र रुपमा बसेपनि नयाँ दलले देश र राष्ट्र«को लागि राम्रा काम गर्दछन् भने समर्थन गर्ने उनको आकाक्षा पनि छ । तथापी उनी हाल निश्पक्ष रुपमा समाज सेवा गरेर खासगरी लमजुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिकाकेन्द्रित विकासको मूल जरो त्यहाँबाट सुरु गर्ने पक्षमा छन् । उनले बाल्यकालमा जीवनको संघर्ष र समाजको वास्तविकता बुभ्mने मौका पाए । गाउँमा गरिब, अशक्त र अपाङ मानिसहरुलाई देख्दा उनको मन पीडाले भरिन्थ्यो र सहयोगी हातहरु अगाडि बढाइहाल्दथे । सानै उमेरमा समाजको लागि केही गर्नुपर्दछ भन्ने सोच बनाए । त्यही सोचले पछि उनको जीवनको मार्गदर्शन भनेको समाजसेवा, राजनीति र विभिन्न संघसस्थामा आवद्ध भएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर जुट्यो जुन यस्ता गुणहरु कमै मात्र युवामा पाइन्छ ।
नयाँ दल रास्वपाको सरकारले पनि समाज र देशको लागि केही गर्छ कि भन्ने हेतुले अहिलेका युवावर्गहरु विशेष रुपमा आकर्षित भएका हुन् र उनको मनसाय पनि ब्यक्तिगत स्वार्थको लागि नभई समग्र रुपमा देशको लागि केही गर्न सकिन्छ कि भन्ने हो । हाल देशमा नयाँ दलको सरकार भएतापनि कतिपय अवस्थामा सहज परिस्थिति छैन । सरकारको सुरुवाती दिनहरुदेखि नै पेट्रोल र डिजेलको भाउ बढेर जनता मारमा परिराखेको अवस्था छ र यो राष्ट्रि«य तथा अन्तर्राष्ट्रि«य कारणले पनि हो भनेर नै जनता चुपचाप छन् र हाल आएर अन्तर्राष्ट्रि«य रुपमा पेट्रोलियम पदार्थको भाउ घट्दासमेत केही पेट्र«ोलपम्पवालाले तेल छैन भनेर ताला लगाएर वजारमा कृत्रिम अभाव सिर्जना गरको घटनाले उनी लगायत धेरै युवाहरुले सरकारले यसवारेमा निश्पक्ष रुपमा छानविन गर्नुपर्दछ भनेर माग राखि विरोध गरेका छन् । अर्कोतिर वजारमा शेयर मार्केटको भाउ घट्नुमा पनि आन्तरिक या वाह्य कारण के हो पत्ता लगाउनको लागि पनि जोडदार रुपमा माग गरिएको छ । अभैm पनि काठ तस्करीहरु सल्वलाई रहेको अवस्थामा यस्ता चोरी पैठारीका घटनाहरुमा पनि युवावर्गहरु सचेत रहनुपर्दछ भन्नेमा उनी जोडदार रुपमा लागिपरेका छन् । यसरी समाजसेवाको साथसाथै राजनीति पनि उनको जीवनको मूख्य अंग बन्यो । भुकम्पको समयमा विभिन्न दुर्गम गाउँहरुमा गएर विभिन्न किसिमका राहत वितरण गर्नमा नै तल्लिन देखिएका गिरीले कुनैपनि विपत्तिमा परेका जनताको लागि हरपल साथ दिन तत्परता देखाउँदै आएका छन् । उनका यिनै कामहरुले गर्दा समाजमा एक जुझारु र सेवाभावी युवाका रुपमा परिचित गरायो र आज नेपाल दशनामी समाज जस्तो प्रतिष्ठित संस्थाको केन्द्रिय सदस्यको रुपमा सेवारत छन् ।
गिरीको नेतृत्व शैली सदैव व्यबहारिक र सरल छ । उनी नेतृत्वलाई शक्ति प्रर्दशनको माध्यम मान्दैनन्, बरु जिम्मेवारीको रुपमा लिने गर्दछन् । उनी प्रत्येक युवासँग प्रत्यक्ष संम्वादमा रमाउँछन् र बृद्धबृद्धाहरुसँग भलाकुसरी गर्न रुचाउँछन् । उनले कुनैपनि संगठनलाई सुदृढ बनाउनको लागि युवाको भूमिकालाई प्राथमिकता दिएका छन् । युवाको उर्जा, संघर्ष तथा सिर्जनशिलतालाई एकताबद्ध गरेर मात्र समाजमा परिवर्तन सम्भव छ भन्ने उनको अडानले गर्दा नै उनी सुदुरपश्चिमका धेरै जिल्लामा गएर दीनदुःखीहरुलाई राहत बाड्ने काममा प्रायः सरिक भइरहन्छन् ।
उनले पुराना राजनीतिक दलका कमीकमजोरीलाई मात्र औल्याउने होइन कि, नयाँ दलका नेतृत्वलाईसमेत निष्पक्ष रुपम राम्रो कामको सपोर्ट र नराम्रा कामको लागि विरोध गरी त्यसको समाधान पनि खोज्नुपर्दछ भनेर राजनीतिक नेतृत्व र समाजलाई सचेत गराउँछन् । उनले हाल मात्र रास्वपाको प्रथम महाधिवेशनमा देखिएको केही असहज परिस्थितिलाईसमेत मूल्यांकन गरी आगामी दिनहरुमा पार्टीको आन्तरिक मामलामा सुधार गरी लैजानको लागिसमेत सुझाव दिएका छन् । भर्खरै पलाएका नयाँ दलमा पनि पुराना दलका स्थानीय तहदेखि केन्द्रसम्म देखिएको गुटवन्दीको प्रबृत्ति देखाउने हो भने नयाँ र पुरानामा कुनै तात्विक अन्तर देखिदैन भन्दै सच्चिनको लागि सुझाव दिएका हुन् । उनको विचारमा राजनीतिक पदका लागि संघर्ष होइन कि कामको लागि अगाडि बढ्नु पर्दछ । जव नेतृत्वमा जिम्मेवारी, त्याग, पारदर्शिता र उत्तरदायित्वको भावना हुन्छ, तब मात्र जनताको विश्वास कायम रहन्छ ।
देश विकासको मूल आधार भनेको नै स्थानीय तहको विकास हो र स्थानीय तहको विकासको लागि दलीय ट्याग भिरेको नेतृत्वले कहिल्यै स्थानीय रुपमा विकासको खाका, भिजन, मिसन तथा सही उद्देश्यअनुरुप अगाडि बढन सकेको पाइदैन । त्यसैले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक पपरिपक्वता, सामाजिक एकता तथा सुधार, आर्थिक समृद्धि, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सुधार र विकास, धार्मिक सहिष्णुता, सास्कृतिक मूल्य र मान्यता स्थापित गर्नको लागि एक स्वतन्त्र नागरिकको हैसियतले लमजुुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका प्रमूखको रुपमा उमेद्धवारी दिने निर्णयसमेत गरेका छन् उनले । यदि स्वतन्त्र उम्मेद्धवार दिने हो भने कुनै पनि दलीय ट्यागको दाग लाग्दैन र हरेक कामको लागि कसैबाट पनि अवरोध आउँदैन भन्ने उनको धारणा छ । त्यसैले पनि उनले आगामी स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्धवारको रुपमा अगाडि बढ्ने प्रण गरेका हुन् र उनको सोचाई, भिजन, मिसन र उद्देश्यले सार्थकता पावस् यही नै शुभकामना ।