वैशाख २१, काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समिति आज बस्ने भनिएको बैठक स्थगित भएको छ । समितिको आज बिहान ११ बजेको लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको समितिले जानकारी दिएको छ ।

आजको बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यसूची बारे छलफल हुने कार्यसूची रहेको थियो । समितिको सभापतिमा रास्वपा सांसद हरि ढकाल रहेका छन् ।