• २०८३ बैशाख ७ गते सोमवार

एटलेटिको म्याड्रिड कोपा डेल रेको फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौं । एटलेटिको म्याड्रिड स्पेनको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा डेल रेको फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनासँग ३-० गोल अन्तरले पराजित भए पनि एट्लेटिको म्याड्रिड समग्र नतिजामा ४-३ को अग्रता जोगाउँदै फाइनलमा पुगेको हो ।

यस खेलमा बार्सिलोनाका लागि मार्क बेर्नालले दुई गोल गरे भने राफिन्हाले एक गोल गरेका थिए । यस अघि पहिलो लिगमा एटलेटिको म्याड्रिडले बार्सिलोनामाथि ४-० को जित निकालेको थियो । एट्लेटिको सन् २०१३ पछि पहिलो पटक कोपा डेल रेक फाइनलमा पुगेको छ ।

अब एट्लेटिकोले उपाधिका लागि रियल सोसियडाड र एथलेटिक बिल्बाओबीचको विजेतासँग खेल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस