• २०८३ जेष्ठ १९ गते मङ्गलवार

भीमफेदीमा सुमो दुर्घटना, ६ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २०,  काठमाडौँ ।   मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा सुमो गाडी दुर्घटना कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

प्रहरीले ४ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको बताएको छ ।

साँझ करिब सवा ५ बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सुमोमा कुल ९ जना यात्रू स्वर रहेका थिए, जसमा ६ जना पुरुष, एक महिला, एक बालिका र एक बालक रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस